थप ३ देशका नागरिकलाई नेपाल प्रवेश गर्न अन अराइभल भिसा बन्द

काठमाडौं । अध्यागमन विभागले थप ३ देशका नागरिकलाई अनआराइभल भिसाा दिन बन्द गरेको छ । पछिल्लो पटक विभागले स्पेन, फ्रान्स र जर्मनका नागरिकलाई अनअराइभल भिसा दिन बन्द गरेको हो । योसँगै ८ वटा मुलुकका नागरिकले विमानस्थलमा अनअराइभल पाउने छैनन । कोरोना भाइरसको सङ्क्रमण धेरै देखिएका विश्वका ८ वटा देशका नागरिकलाई मंगलबारदेखि नेपाल प्रवेश गर्न ‘अन अराइभल’ भिसा बन्द गरेको हो ।

अघिल्लो साता सङ्क्रमण धेरै देखिएका चीन तथा चीन प्रशासित क्षेत्र, इरान, दक्षिण कोरिया, जापान र इटली रहेकोमा थप तीन देशहरूका नागरिकलाई अन अराइभल भिसा बन्द गरेको हो ।

अब यो निर्णय अनुसार यी ८ देशका नागरिकले नेपाल आउनुपर्ने भएमा कोरोनाभाइरसको सङ्क्रमण नभएको र यात्रा गर्न सक्ने भन्ने प्रमाणपत्रसहित सम्बन्धित नेपाली दूतावास वा नियोगमा आवेदन दिनुपर्ने छ ।

हाल विश्वका १३ वटा देशका नागरिकबाहेक सबैलाई नेपालले त्रिभुवन अनराष्ट्रिय विमानस्थल र अन्य सिमानाकामा नै ’अनअराइभल’ भिसा दिँदै आएको थियो । कोरोनाको सङ्क्रमण बढ्दै गएपछि सरकारले त्यस्तो व्यवस्था तत्कालका लागि केही देशका नागरिकका निम्ति स्थगन गर्ने निर्णय गरेको हो । सङ्क्रमण अहिलेसम्म विश्वका १ सय ९ वटा मुलुकमा देखिइसकेको छ ।

Back to top button