ताप्लेजुङका तोलबीर लिम्बु चितुवाको छाला सहित पक्राउ

ताप्लेजुङ । चितुवा र थारकोे छाला सहित ताप्लेजुङ प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा फक्ताङलुङ गाउँपालिका ५ तापेथोकका ५५ वर्षिय तोलबीर लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

सोमबार विहान घरको छानामा सिउरिएर राखिएको अवस्थामा चितुवाको २ थान र थारको १ थान छाला फेला परेपछि तापेथोक प्रहरी चौकिबाट खटिएको प्रहरीको टोलीले लिम्बुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

लिम्बूलाई आवस्यक अनुसन्धान र कारबाहिका लागि कञ्चनजंघा संरक्षण क्षेत्रको कार्यालयमा बुझाईएको प्रहरीले जनाएको छ ।

Back to top button