
ताप्लेजुङ । लोकसेवा परिक्षाको लागि धनकुटा पुगेका ताप्लेजुङका एक युवकको मृत्यू भएको छ । शनिबार विहान पेन्ट लगाउने क्रममा अचानक ढली बेहोस भएका ताप्लेजुङ मौवाखोला ४ का २० बर्षीय सविन शेर्पाको धनकुटामा मृत्यु भएको प्रहरीले जनाएको छ ।
लोकसेवा परिक्षाको लागि शुक्रबार धनकुटा ७ मा रहेको एक होटलमा बसेका शेर्पाशनिबार बिहान साढे ८ बजे उठेर पेन्ट लगाउने क्रममा अचानक ढली बेहोस भएका थिए ।
साथीहरुले उपचारार्थ जिल्ला अस्पताल धनकुटामा ल्याई उपचार गराई रहेकोमा उपचारकै क्रममा उनको शनिबार बिहान १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।