दिनभर असिना सहित वर्षाको संभावना

काठमाडौं । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण देशका विभिन्न भूभागमा आंशिक देखि सामान्य वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभाग विभागका अनुसार, देशको पश्चिमी भू–भागका केही स्थान लगायत मध्य तथा पूर्वी नेपालमा वर्षा भइरहेको छ ।

उच्च तथा हिमाली भू–भागमा हिमतपातको समेत संभावना रहेको विभागले जनाएको छ । आज राति समेत वर्षा सहित हिमपातको संभावना रहेको विभागको पूर्वानुमान छ ।

Back to top button