बुहारी हत्या प्रकरण : ताप्लेजुङका पूर्णबहादुर कारागार चलान

ताप्लेजुङ । ताप्लेजुङमा बुहारी हत्याको आरोपमा पक्राउ परेका पूर्णबहादुर लिम्बू पूर्पक्षका लागि कारागार चलान भएका छन्।

गत माघ २४ गते पाथिभरा याङ्वरक गाउँपालिका २ थेचम्बूकी ३५ वर्षीय सुकमाया लिम्बूलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा लिम्बु पक्रा परेका थिए । उनलाई बुधबार पूर्पक्षका लागि कारागार चलान गरिएको हो।

४५ वर्षीय लिम्बूले जग्गा विवादमा आफ्नै बुहारीलाई धारिलो हतियार प्रहार गरेको प्रहरीको भनाई छ। उनलाई जिल्ला अदालत ताप्लेजुङको आदेश अनुसार कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुबहादुर खड्काले बताए ।

Back to top button