ताप्लेजुङका महिलाले नाच्न र गाउँन नपाउने !

ताप्लेजुङ । कोरोना भाईरसको संक्रमण विश्वव्यापी बन्दै गएपछि चीन सँग सीमाना जोडिएको ताप्लेजुङ जिल्लामा पनि उच्च सचेतना अपनाउन सुरु गरिएको छ । जमघट र भेला हुने कार्यक्रमहरु सबै स्थगित भएका छन् ।

यसैबिच फागनु २५ गते मनाउन लागिएको ११० औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवसमा आयोजित कार्यक्रम पनि स्थगित गरिएको छ । दिवसको आयोजना गरेको आयोजक फुङ्लिङ नगरपालिकाले बुधबार सार्वजनिक सुचना प्रकाशन गर्दै यो वर्ष दिवस नमनाउने जनाएको हो ।

‘महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयबाट २० गते जारी गरिएको सूचनालाई आत्मसाथ गर्दै सो दिन नगरपालिकाबाट आयोजना गरिने सम्पुर्ण कार्यक्रम हाललाई स्थगित गरिएको छ,’ नगरपालिकाद्धारा बुधबार जारी सूचनामा भनिएको छ ।

 

Back to top button