राजेन्द्र लिङ्देनको प्रस्ताव ‘संसदको नियन्त्रणमा रहने राजसंस्था कायम गरौँ’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सांसद राजेन्द्र लिङ्देनले संसदको नियन्त्रणमा रहने गरी राजसंस्था कायम गर्न प्रस्ताव गरेका छन्।

सोमबार प्रतिनिधिसभा बैठकमा सांसद लिङ्देनले निर्वाचन प्रणालीमा सुधार गरेर प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र पूर्णसमानुपातिक प्रणालीबाट संसदको गठन हुने व्यवस्था गर्नुपर्ने बताए।

उनले भने, ‘संविधानको विशेष विशेषता र राष्ट्र पहिचानका रूपमा सर्वधर्म समभाव पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र र दलीय राजनीतिभन्दा माथि रहेको संसदको नियन्त्रणमा रहने राजसंस्था कायम गरौं।’

Back to top button