नेपाल आइडलबाट बाहिरिइन् रचना, सबैभन्दा धेरै भोट केविनलाई

काठमाडौं । फ्रेन्चाइज सिङगिङ रियालिटी–सो नेपाल आइडल सिजन–३ मा यो साता रचना रिमाल बाहिरिएकी छिन् । सबैभन्दा धेरै भोट चितवनका केविन ग्लान तामाङले सबैभन्दा धेरै भोट पाउँदा झापाकी रचना प्रतिस्पर्धाबाट बाहिरिएकी हुन् ।

तीन हप्ता देखि लगातार सबैभन्दा धेरै भोट पाउँदै आएकी रचनालाई यो हप्ता भने सबैभन्दा कम भोट आएको आयोजकले जनाएको छ । उनलाई मौलिक स्वर भएकी प्रतिस्पर्धीको रुपमा लइिएको थियो । झापाकी रचनाका केही गीत पनि सार्वजनिक भइसकेका छन् । नेपाल आइडलमा अब ७ जना प्रतिस्पर्धी बाँकी छन् ।

गत हप्ता पोखराकी ममता गुरुङ बाहिरिएकी थिइन् । नेपाल आइडलमा विगतमा झैं यो सिजनमा पनि न्ह्यू वज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी निर्णायक छन् ।

Back to top button