
विराटनगर । विराटनगर बसपार्कबाट लागुऔषधसहित एक दम्पती पक्राउ परेका छन्। मोरङ प्रहरीको टोलीले आज बिहान पौने एक बजे विराटनगर महानगरपालिका-११ का २६ वर्षीय दिपेश श्रेष्ठ र उनकी पत्नि २१ वर्षीया तृष्णा श्रेष्ठलाई लागुऔषध सहित पक्राउ गरेको हो।
प्रदेश १ प्रहरीका अनुसार श्रेष्ठ दम्पतीबाट लुपिजेसिक, एभिल र डाईजोल्याप नामक २६० ट्याब्लेट लागुऔषध बरामद गरेको थियो भने ३ थान सिरिन्ज समेत बरामद गरिएको छ।
यस्तै लागुऔषध नियन्त्रण ब्यूरो काकडभिट्टाको टोलीले मेचिनगर नगरपालिका-६ बाट १५ फागुन साँझमा कमल गाउँपालिका-५ का २३ वर्षीय मनिष धिमाल डाईजेपाम २६ ट्याब्लेट, फेनारागन २६ ट्याब्लेट र लुपिजेसिक २६ ट्याब्लेटसहित पक्राउ गरेको छ।