
ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यू भएको छ ।
बुधबार साँझ मैवाखोला गाउँपालिका ३ साँघु चारभाई स्थित सडकबाट को ३ त ९३ नम्बरको ट्याक्टर १० मिटर तल खसेको हो ।
दुर्घटनामा ट्याक्टरका सह–चालक सोही गाउँपालिका १ बस्ने १८ वर्षीय खगेन्द्र नेपालीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
दुर्घटनामा घाइते भएका चालक मेरिङदेन गाउँपालिका ४ का २१ वर्षीय पासाङ तेन्जि शेर्पाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।