विवादमा पाथीभरा महोत्सव : समापनमा कसले रोक्यो बढुवालको आशनग्रहण ?

ताप्लेजुङ । फागुन ९ गतेबाट सुरु भएको पाथिभरा म्याराथन तथा मेची पर्यटन महोत्सव तामझामका साथ मंगलबार सकियो । तर, विवाद रहित भने यो पटक पनि बन्न सकेन ।

महोत्सव होस या अरु कुनै औपचारीक कार्यक्रम आशन ग्रहण र बोल्ने वक्ताको महत्व सो कार्यक्रममा मुख्य हुन्छ । यसलाई आयोजकले ध्यान नदिदा उद्घाटन सहित समापन पनि खल्लो बन्छ नै यसले कार्यक्रमबाट हुने उपलब्धी र योजनालाईनै प्रभाव समेत पार्छ ।

पर्यटनमन्त्री योगेश भट्टराईको जिल्लामा त्यसमा पनि पाथिभरा सँग जोडिएको कार्यक्रमको समापनलाई मंगलबार सबैले नजर लगाएकै थिए । यो महोत्सव सफल पार्न आयोजक समिति पनि बनेको थियो यसले आज सम्मको व्यवस्थापनमा महत्वपुर्ण ध्यान पनि दियो । तर, समापनमा आयोजक केही व्यक्तिको दबामा चुकेको छ ।

समापन कार्यक्रम सुरु हुनसाथै पर्यटन मन्त्री सहित ताप्लेजुङमा असरल्ल खुलेका एनजीओ र आइएनजीओ सहित कम महत्वका व्यक्तिलाई आशन ग्रहण गराईरहँदा सरकारले पाथिभरा क्षेत्रको विकासका लागि गठन गरेको पाथिभरा क्षेत्र विकास समितिका अध्यक्षको आशन ग्रहणलाई च्वाट्टै काटियो । पाथिभरा क्षेत्रविकास समिति आफै आयोजक समेत हो । त्यसकै अध्यक्ष थिए पुष्प बढुवाल ।

मन्त्रीनै उपस्थित कार्यक्रममा सरकारी समितिका अध्यक्ष बढुवालको नामै काटेर कार्यक्रम चलाउन महोत्सव आयोजकलाई जिल्लामा चलखेल गर्ने युवा भन्नेहरुको ठुलै दबाव आएको स्रोतले बताएको छ । अध्यक्ष बढुवालको नामै नलिएपछि नगरपालिकाका मेयर छत्रपती प्याकुरेलले उद्घोषकलाई बारम्बार आग्रह पनि गरे तर, अध्यक्षको आशन ग्रहण नभई कार्यक्रम सकियो ।

यो बुझेपछि कार्यक्रम स्थलमा पुगेका अध्यक्ष बढुवाल कार्यक्रम स्थलबाट बाहिरीए । उनले बाहिरिन्दै प्रतिकृया दिए ‘म नभई महोत्सव सकिन्दा राम्रो हुने भए मलाई पनि ठिकै छ ।’ उनले चित्त दुखाउँदै भने ‘ताप्लेजुङको संस्कारलाई कसरी बुभ्mने ?’

सरकारी समितिकै अध्यक्षलाई पाखा लगाउँदै सकिएको महोत्सवमा पाथिभरा क्षेत्रमा काम गर्ने एनजीओ पक्षको चलखेल बढी देखिएको सहयोगी संस्था स्वयम बताउँछन् । महोत्सवलाई सहयोग गर्न तयार भएका सरकारी संस्था र सहयोगीले सरकारी समितिको उपस्थिती नदेखिदा सहयोग कता दिने भन्दै कार्यक्रम स्थलमा प्रश्न समेत गरिरहेको भटियो ।

Back to top button