बाँस्कोटाको राजीनामा, ओली सरकारका २ मन्त्रालय रिक्त

काठमाडौं । कुल बाँस्कोटाले मन्त्री पदबाट राजीनामा दिएपछि दुई मन्त्रालय रिक्त भएका छन् । बाँस्कोटाले सम्हाल्दै आएका सञ्चार तथा सूचना प्रविधि र शहरी विकास मन्त्रालय रिक्त भएका हुन् ।

तत्कालीन शहरी विकास मन्त्री मोहम्मद ईश्तियाख राईले राजीनामा दिएपछि प्रधानमन्त्री ओलीले उक्त मन्त्रालय सम्हाल्न बाँस्कोटालाई नै जिम्मेवारी दिएका थिए । सञ्चार मन्त्रालय भने उनले झण्डै २३ महिनादेखि सम्हाल्दै आएका थिए ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस कम्पनीका एजेन्टसँग ७० करोड कमिसनका लागि डील गरेको अडियो सार्वजनिक भएपछि बाँस्कोटाले बिहीवार दिउँसो मन्त्री पदबाट राजीनामा दिएका हुन् । उक्त अडियो गएराति सार्वजनिक भएको थियो । अडियो सार्वजनिक भएपछि राजीनामाका लागि बाँस्कोटामाथि चौतर्फी दबाब थियो ।

Back to top button