सञ्चारमन्त्रीले मु…भन्दै कमिसन मागेको अडियोमा यस्तो छ

काठमाडौं । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा सञ्चारमन्त्री गोकुल बाँस्कोटा र स्वीस कम्पनीका नेपाल एजेण्ट विजय प्रकाश मिश्रबीच भएको ‘कमिसन डिलिङ’को अडियो सार्वजनिक भएको छ। सरकारले सुरुमा स्वीस कम्पनीलाई दिने भनिएपनि पछिल्लो समयमा जर्मनी कम्पनीलाई दिन लागिएपछि अडियो सार्वजनिक भएको हो। बुधबार विभिन्न सञ्चारमाध्यमलाई दिइएको उक्त अडियोमा मन्त्री बाँस्कोटाले केही अश्लिल शब्द पनि बोलेका छन्।

उक्त अडियोमा बाँस्कोटाले सोधेका छन् ‘सकेसम्म २५ देखि २७ अर्बमा सकाउन पाए हुन्थ्यो। मानौ २५ निस्कियो भने कति हुन्छरु’ मिश्रले जवाफ दिएका छन् ‘७० जति आउला की। आउट अफ ट्रयाक नजाँदा ७० जति आउला की ।’ त्यति भनेपछि बाँस्कोटाले सोधे ‘तपाइलाई के गर्छनरु छुट्टै गर्छनरु मिश्रले भनेका छन् ‘टोटल ७४ जति आउँछ भन्ने हाम्रो अनुमान छ। यसमा ७० प्रतिशत तपाइहरुलाई दिने हो, हामीले ३० प्रतिशत राख्ने हो। यो एकदमै ट्रान्सपरेन्ट हुन्छ।’

यो फोन वार्तापछि बाँस्कोटाले फेरि सोधे ‘ त्यो भनेको कति हुन्छरु मिश्रले भने ‘५४ देखि ५५ करोड तपाइहरुलाई दिने १५ देखि १६ हामीले राख्ने। हामीले पनि त अलि अलि राख्नुपर्‍यो नि। आउट अफ ट्याक गइयो भने।’

बाँस्कोटा र स्वीस कम्पनीका मिश्रबीच संवाद

  •  विजय प्रकाश मिश्र शर्माः यो १२ गते १२ बजेपछि स्वीस एम्बेसी आउँछ। स्वीस एम्बेसीले बोलाएर आउँछ तपाइले बोलाएर आउने हैन ।
  • मन्त्री गोकुल बाँस्कोटाः हँ।
  •  विजय प्रकाश मिश्र शर्माः सकेसम्म एमओयू गर्नेकी भन्ने हिसाबले आउन थालेको छ। तपाइँहरुको कार्यक्रमबारेमा एम्बेसडरले छुट्टै कुरा गर्न चाहेको छ।
  •  मन्त्री गोकुल बाँस्कोटाः ठीक छ।
  •  विजय प्रकाश मिश्र शर्माः त्यसका लागि तपाइँले टाइम मिलाइदिनुपर्‍यो।
  • मन्त्री गोकुल बाँस्कोटाः मिलाइदिन्छु।
  • विजय प्रकाश मिश्र शर्माः त्यसका लागि ९कमिसनका लागि० हामी ुआउट अफ ट्रयाकु जानेकी तपाइँले भने अनुसारनै गर्ने लु भन्नुस।
  • मन्त्री गोकुल बाँस्कोटाः अब, क्यापासिटीको कुरा।
  • विजय प्रकाश मिश्र शर्माः कुरा चाहि मैले राखेको छु उनीहरुलाई।
  • मन्त्री गोकुल बाँस्कोटाः उनीहरुलाई नर्मलमा ५० भन्ने रु
  • विजय प्रकाश मिश्र शर्माः त्यस नर्मलमा
  • मन्त्री गोकुल बाँस्कोटाः उनीहरुले कति निकाल्छन रु
  • विजय प्रकाश मिश्र शर्माः यसको टोटलको पर्सेन्ट निकाल्ने हो।
  • मन्त्री गोकुल बाँस्कोटाः टोटल कति निस्कन्छ त्यो हेरौं।
  • विजय प्रकाश मिश्र शर्माः केहि न केहि त भइराछ त्यहि बेसमा जाने हो। बेसचाहि तपाइँहको उसमै जाने हो हामी।
  • मन्त्री गोकुल बाँस्कोटाः सकेसम्म २५ देखि २७ अर्बमा सकाउन पाए हुन्थ्यो। मानौं २५ निस्कियो भने कति हुन्छरु
  • विजय प्रकाश मिश्र शर्माः ७० जति आउला की। आउट अफ ट्रयाक नजाँदा ७० जति आउला की।
  • मन्त्री गोकुल बाँस्कोटाः तपाइलाई के गर्छनरु छुट्टै गर्छनरु
  •  विजय प्रकाश मिश्र शर्माः टोटल ७४ जति आउँछ भन्ने हाम्रो अनुमान छ। यसमा ७० प्रतिशत तपाइँहरुलाई दिने हो, हामीले ३० प्रतिशत राख्ने हो। यो एकदमै ट्रान्सपरेन्ट हुन्छ।
  •  मन्त्री गोकुल बाँस्कोटाः त्यो भनेको कति हुन्छरु
  • विजय प्रकाश मिश्र शर्माः ५४ देखि ५५ करोड तपाइँहरुलाई दिने १५ देखि १६ हामीले राख्ने। हामीले पनि त अलि अलि राख्नु पर्‍यो नि। आउट अफ ट्रयाक गइयो भने।
  • मन्त्री गोकुल बाँस्कोटाः अनि यो कर्मचारीसँग कसले कुरा गर्छ निरु
  •  विजय प्रकाश मिश्र शर्माः त्यो कुरा तपाइँ गर्नुस।
  •  मन्त्री गोकुल बाँस्कोटाः एउटा के नगर्नुस भने यी मु।।। कर्मचारीलाई यस्तो कुरा गर्न लाग्यो भने (यिनले हेप्छन। त्यसकारण यो कुरामा तपाइँ आफै लाग्नुस। कुरा बुझ्नु भोरु
  • विजय प्रकाश मिश्र शर्माः त्यसो भए म आफैं लाग्छु। उसले त बनाएर राखिसकेको छ।
  • मन्त्री गोकुल बाँस्कोटाः त्यो मु।।ले बनाएको त ३५ अर्बको छ। अब यता २७ अर्ब निस्कियो भने २८ अर्बको बनाउनुस।
Back to top button