
विराटनगर । सुन तस्करी प्रकरणमा मुछिएका चुणामणि उप्रेती (गोरे)की श्रमिती सहित चार जना धरौटीमा रिहा भएका छन् ।
गोरेकी श्रीमती, नर्वदा, बाजेको सेकुवा कर्नरका सञ्चालक चेतनाथ भण्डारी सहित चारजना धरौटी बुझाएर रिहा भएको जिल्ला अदालत मोरङले जनाएको छ ।
करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा फरार रहेका चारजना हाजिर भएलगत्तै धरौटीमा रिहा भएको जिल्ला अदालत मोरङका सूचना अधिकारी युवराज पौडेलले जानकारी दिए ।
यस्तै जिल्ला अदालत मोरङमा ७५ जनाविरुद्ध दायर भएको मुद्दामा फरार रहेका १९ जनाविरुद्ध जिल्ला अदालत मोरङले ३५ दिने सूचना जारी गरेको छ । जिल्ला अदालत मोरङले म्याद तामेली नभएका १९ जनाको नाममा ३५ दिन भित्र हाजिर हुने गरी सूचना जारी गरेको सूचना अधिकारी पौडेलले बताए ।