उद्योग वाणिज्य महासंघ चुनावका लागि वरिष्ठ उपाध्यक्षमा किशोर प्रधानको उम्मेदवारी घोषणा

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदमा किशोर प्रधानले उम्मेदवारी घोषणा गरेका छन्। विहीबार विराटनगरमा आयोजित कार्यक्रममा प्रधानले उम्मेदवारी घोषणा गरेका हुन् । हाम्रो अभियान सक्षम नेतृत्व , सशक्त महासंघ भन्ने नारासहित प्रधानको उम्मेदवारी घोषणा भएको हो ।

प्रधानलाई हालका वरिष्ठ उपाध्यक्ष तथा भावी अध्यक्ष शेखर गोल्छाको समर्थन छ । त्यस्तै, पुर्व अध्यक्षहरु बिनोद श्रेष्ठ , कुशकुमार जोशी, पशुपति मुरारका लगायतको साथ छ । त्यस्तै पुर्व अध्यक्ष चन्डीराज ढकाल समुहबाट वरिष्ठ उपाध्यक्ष पदमा चन्द्र ढकालको उम्मेदवारी पर्ने चर्चा छ ।

Back to top button