ताप्लेजुङका गायक श्रेष्ठको ‘पिरती नाप्ने के ले हो ?’ सार्वजनिक (भिडियोसहित)

ताप्लेजुङ । गायक विरेन्द्र श्रेष्ठले नयाँ गित बजारमा ल्याएका छन् । गायिका टीका प्रसाई र गायक विरेन्द्र श्रेष्ठको आवाज रहेको ‘पिरती नाप्ने के ले हो रु’ काठमाडौंमा एक कार्यक्रमकाबीच उक्त गित सार्वजनिक गरिएको हो ।

नायिका रिस्ता बस्ने र नायक सन्जिव थेबे लिम्बूले उक्त गितमा मोडलीङ गरेका छन् । दिपकराज विश्वकर्माले संगीत भरेका गीतको शब्द सृजना रबीन स्वप्निल गिरीको छ । सुरेन्द्र बसेलेको कोरियोग्राफी रहेको भिडियोमा सन्जिब र रिस्ताको रोमान्टिक नृत्य देख्न सकिन्छ । रफ, टफ पहिरनमा देखिएका सन्जिब र बोल्ड अवतारमा प्रस्तुत रिस्ताको केमेस्ट्री आकर्षक देखिन्छ ।

गीतको भिडियोलाई निशान घिमिरेले निर्देशन गरेका छन् । उक्त गितमा ताप्लेजुङको सिनाममा जन्म भै हङ्गकङ्गमा बसोबास गर्दै आएका बसन्त थेबेको लगानीमा निर्माण भएको छ ।

Back to top button