विप्लव समूहका ताप्लेजुङ संयोजक तारा थापा पक्राउ

ताप्लेजुङ । नेत्रविक्रम चन्द विप्लव समूहका नेता तारा थापा पक्राउ परेका छन्। राष्ट्रिय युवा जनस्वयम्सेवक ताप्लेजुङका संयोजकसमेत रहेका थापालाई सोमबार दमक प्रहरीले पक्राउ गरेको हो।

गोप्य सूचनाका आधारमा गरिएको अपे्रसनबाट उनलाई पक्राउ गरिएको इलाक प्रहरी कार्यालय दमकका डिएसपी विजय पण्डितले बताए। पण्डितका अनुसार ४० वर्षीय थापाविरुद्ध केही महिनाअघि बिर्तामोडमा वम विष्फोट गराएको मुद्दा छ।

उनलाई मंगलबा जिल्ला अदालत झापामा पेश गरि थप अनुसन्धान प्रक्रिया अघि बढाउने प्रहरीले जनाएको छ।

Back to top button