सप्तकोशीमा दौडियो ‘पानी जहाज’ (भिडियो)

विराटनगर । इटहरीबाट भोजपुर सदरमुकाम पुग्न ९ घण्टा लाग्दै आएकोमा अहिले साढे ४ घण्टामै पुगिन्छ । सडकमार्गबाट इटहरीहुँदै भोजपुर सदरमुकाम पुग्न ९ घण्टा लाग्छ । तर, सप्तकोशीमा व्यवसायिक रुपमा जेट बोट सञ्चालन भएपछि साढे ४ घण्टामै भोजपुर सदरमुकाम पुग्न सकिने भएको हो ।

सुनसरीको बराहक्षेत्र १ मा रहेको चतराबाट भोजपुर, उदयपुर र धनकुटाको सङ्गम सिम्लेसम्म जेट बोट सञ्चालनमा छ । इटहरीबाट ४५ मिनेटमा पुगिने चतराबाट १५ किलोमिटर हाराहारीको सिम्ले पुग्न १५ मिनेट लाग्छ भने सिम्लेबाट भोजपुरको घोडेटार क्षेत्र १ घण्टामा पुगिन्छ । सडक यात्रा गर्दा भने घोडेटारबाट साढे दुई घण्टामा पुगिन्छ ।

भोजपुर मात्रै हैन धनकुटाको सिम्ले क्षेत्रका स्थानीयहरू पनि अब २ घण्टामै धरान तथा साढे दुई घण्टामा इटहरी आउन सक्छन् । सिम्लेबाट धनकुटा सदरमुकाम हुँदै भेडेटार हुँदै आउँदा ७ घण्टा लाग्नेमा अब जेट बोटबाट चतरा आएर सिधै दुई घण्टामा यात्रा हुने देखिएको छ ।

सप्तकोशी नदिहुँदै जल यातायात गर्न बराहक्षेत्र जल यातायात तथा पर्यटन प्रा।लिले नयाँ वर्ष २०७५ बाट व्यावसायिक रूपमा ३० सिटे जेट बोट सञ्चालनमा ल्याएको थियो ।

हेरौँ भिडियोमा जल यात्रा

 

Back to top button