
ताप्लेजुङ । मध्यतमोर जलविद्युत आयोजना निर्माण गर्न सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले संस्थापकबाट लगानी उठाउने भएको छ ।
कम्पनीको जारी पुँजीबाट संस्थापक समूहको सेयर बाँडफाँड भई आफनो नाममा रहेको सेयर वापतको रकम भुक्तानी गर्न भनेको हो ।
आफनो नाममा रहेको संस्थापक सेयर र सोको १० प्रतिशत ब्याजसमेत भुक्तानी गर्न कम्पनीले सेयरधनीलाई भनेको छ । भुक्तानी नगरे सेयर जफत हुने जानकारी कम्पनीले गराएको छ ।
७३ मेगावाट क्षमताको मध्यतमोर आयोजना निर्माण सुरु भएको छ । आयोजना आगामी २०२२ को मार्चमा सम्पन्न गर्ने लक्ष्य छ । आयोजना ताप्लेजुङ जिल्लामा रहेको छ ।