विराटनगरमा चित्रकला प्रदर्शनी, सैयौँले गरे अवलोकन

विराटनगर । विहीबार विराटनगरमा चित्रकला प्रदर्शनी गरिएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान काठमाडौं र ललितकला संगम विराटनगरको संयुक्त आयोजनामा चित्रकला प्रदर्शन गरिएको हो ।

विराटनगर स्थित सेन्ट्रल मलमा गरिएको चित्रकला प्रदर्शनीमा सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर सहित एकै दिन सैयौँले चित्रकलाको अवलोन गरेको आयोजकको भनाई छ ।चित्रकलाको अवलोकन गर्दै राज्यमन्त्री गजमेरले व्यक्ति, समाज हुँदै देशको विकासमा टेवा पु¥याउन युगौँ देखी चित्रकलाको माध्यमबाट प्रचार र सन्देश दिने काम भएकाले यसको योगदान महत्वपुर्ण रहेको बताइन् ।

‘चित्रकलाको प्रवद्र्धन र विकासमा सरकारलेनै बढी चासो दिनुपर्छ, यसमा सामाजिक विकास मन्त्रालयले गर्ने सबै सहयोग आगामि दिनमा अग्रभागमा रहनेछ,’ राज्यमन्त्री गजमेरले भनिन् ‘संस्थासँग सहकार्य गरेर यसको विकासमा सरकारले कञ्जुस्याई गर्नेछैन ।’

कला मध्येको एक चित्रकलाको माध्यमले पनि देशका हरेक कुराको प्रचार प्रशार गर्न र देश विकासमा योगदान पु¥याउन सकिन्छ भन्ने उद्धेश्यले विराटनगरमा एक दिने चित्रकला प्रदर्शनीको आयोजना गरीएको ललितकला संगम विराटनगरका अध्यक्ष गोपाल कलाप्रेमीले बताए ।

‘नेपालमा भिजिट २०२० अभियान चलेको छ, हाम्रो भनाई विश्वबाट नेपाल आउने पर्यटकलाई घुमाएर मात्रै नभई हातले कोरेर बनाएका चित्रले पनि नेपाल चिनाउन सकिन्छ भन्ने हाम्रो भनाई हो,’ अध्यक्ष कलाप्रमीले भने ‘यो हाम्रो अभियानलाई प्रदेश सँगै संघिय सरकारले पनि बुभ्mन पर्छ ।’

चित्रकलाले अनेकौँ संकेत र रुप समेत देखाउने भएकाले बहु रपमा चित्र उतार्न र देखाउन सकिने भएकाले यसको संरक्षण विकास र प्रचारमा सबैको साथ आवस्यक रहेको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान काठमाडौंकी चित्रकला विभाग प्रमुख प्राज्ञ सुष्मा राजभण्डारी बताउँछिन् ।

‘चित्रमा मुहुर्त र अमुर्त दबै कला छन्, देश भित्रका हरेक कुरा चिनाउन सकिने कलानै चित्रकला हो,’ राजभण्डारीले भनिन् ‘सोचेको र भनेको कुरालाई देखाउन सक्ने माध्यमको विकासमा सरकारले चासो दिनुप¥यो ।’ विहीबार चित्रकला प्रदर्शनीको आयोजना गरेको आयोजकले शुक्रबार विराटनगर स्थित आरोहण गुरुकुलमा कला कार्यशालाको आयोजना गरेको छ ।

Back to top button