ताप्लेजुङका राजमानको खर काट्दा लडेर मृत्यु

ताप्लेजुङ । भीरबाट लडेर ताप्लेजुङमा एक जनाको मृत्यु भएको छ। खर काट्ने क्रममा घोप्टे लडेर गम्भिर घाइते भएका पाथिभरा याङ्वरक गाउँपालिका – ४ का ४७ वर्षीय राजमान तामाङको मृत्यु भएको हो।

उनको उपचार गर्न लाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

Back to top button