ताप्लेजुङमा सोनाम ल्होछार यसरी….

ताप्लेजुङ । ताप्लेजुङमा सोनाम ल्होछार (२८५६) मनाइएको छ। तामाङ समुदायले सदरमुकाम फुङलिङमा र्‍याली र शुभकामना साटासाट गरेर यो पर्व मनाएका हुन्। तामाङ पात्रो अनुसार शनिबारबाट सुँगुर वर्ष (फाक लो) सकिएर मुसा वर्ष (जिवा लो) सुरु भएको छ।

आफ्नो जातीय वेशभूषामा सजिएर तामाङ समुदाय कार्यक्रममा सहभागी भएका थिए। र्‍यालीपछि सामुदायीक भवनमा भएको कार्यक्रममा फुङलङ नगरपालिकाका प्रमुख छत्रपति प्याकुरेललगायतले शुभकामना दिए।

एकआपसमा नयाँ वर्षको शुभकामना आदानप्रदान गरिएको नेपाल तामाङ घेदुङ ताप्लेजुङका सचिव चन्द्र पाख्रिनले बताए। ‘ता’ को अर्थ घोंडा र ‘माङ’ को अर्थ लडाकूहरू रहेकाले तामाङलाई घोडचढीमा निपुण साहसीको समुदाय मानिने घेदुङका जिल्ला अध्यक्ष शरणकुमार मोक्ताङ बताउँछन्।

जिल्ला विकास समितिको तथ्याङ्क अनुसार ताप्लेजुङमा तामाङ समुदायको संख्या ३.९३ प्रतिशत छ। यो समुदायमा घिसिङ, योञ्जन, वाइवा, पाख्रिन, बल, मोक्तानलगायत पर्छन्। annapurna

Back to top button