राष्ट्रियसभा निर्वाचन : प्रदेश १ मा ३ सय ६४ मत खस्यो

विराटनगर । राष्ट्रियसभा सदस्यका लागि प्रदेश १ मा भएको मतदानमा ३ सय ६४ मत खसेको छ ।

९३ प्रदेश सांसद र २ सय ७४ जना स्थानीय तहका प्रमुख उप–प्रमुखहरु गरी कुल ३ सय ६७ जना मतदाता रहेकोमा तीन जनको अनुपस्थिती रहेको थियो । प्रतिनिधिसभा सदस्य एक र स्थानीय तहका प्रतिनिधि दुई गरी तीन जना अनुपस्थित रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिनिधिसभा सदस्य गुलेफुन मिँया खातुन सँगै खुम्बुपासङ्ग गाउँपालिका अध्यक्ष वामदोर्जे शेर्पा र सिलुचुङ गाउँपालिका उपाध्यक्ष लालकुमारी राई चुनावमा सहभागि नभएका हुन् ।

Back to top button