
मोरङ । मोरङको रङ्गेलीमा कलेज बस पल्टिँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा ११ विद्यार्थी घाइते भएका छन् । बिहीबार बिहान साढे ६ बजेतिर लर्डबुद्ध कलेजका विद्यार्थी बोकेको मे १ ख १४९० नम्बर बस दुर्घटनामा परेको हो । दुर्घटनामा परी सहचालक समेत रहेका बसधनी विराटनगर–१५ का ३२ वर्षीय सानु साहको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।