‘सिद्धबाबा बलात्कार काण्ड’ : थुनामा राखेर पूर्पक्ष गर्न उच्च अदालतको आदेश

विराटनगर । उच्च अदालत विराटनगरले सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई धरौटीमा छाड्ने जिल्ला अदालतको आदेश बदर गरेको छ र थुनामा राखेर पूर्पक्ष गर्न भनेको छ ।

मुख्य न्यायाधीश तीलप्रसाद श्रेष्ठ र प्रेमराज कार्कीको संयुक्त इजलासले जिल्लाको आदेश वेरितको भएको ठहर गरेको छ । सिद्धबाबामाथि महिला अनुयायीमाथि बलात्कार गरेको अभियोग छ ।

जिल्लाले उनलाई ३ लाख धरौटीमा छाड्न आदेश दिएको थियो । त्यसविरुद्ध उच्च अदालतमा परेको पुनरावेदनको फैसला आउनुअघि सिद्धबाबा भने भारततिर लागेका छन् । online

Back to top button