चिन्ताको विषय हुनसक्छ, अचानक तौल घटे ।

कुनैपनि प्रयास विना नै लगातार घटिरहेको छ भने यो खुसीको कुरा होइन । बरु चिन्ताको विषय हो । यसले शरीरमा कुनै बिमारीको संकेत गर्छ । यदि अचानक ६ महिनामा ५ देखि १० प्रतिशतसम्म तौल घट्यो भने स्वास्थ्यपरिक्षण गराउनुपर्छ ।

अचानक तौल घट्दा मानिसको लाइफ स्टाइल पनि प्रभावित हुन्छ । भोक नलाग्ने तथा भरपुर निद्रा नलाग्ने जस्ता समस्याहरुको सामना पनि गर्नुपर्ने हुनसक्छ । यसबाट टाउको दुख्ने तथा थकानको महसुस हुन्छ । के कारणले यस्तो हुन्छ त रु

क्यान्सर

अचानक तौल घट्नुको एउटा कारण क्यान्सर पनि हुन सक्छ । डाक्टरका अनुसार क्यान्सर हुादा शरीरको तागत कम हुादै जान्छ । यसका कारणले शरीरको तौलघट्छ र शरीर पातलो देखिन थाल्छ । यसबाट ग्यास्ट्रिक र प्यांक्रियाज क्यान्सरका साथै फोक्सो, सिर, गर्दन र कालोरेक्टल क्यान्सर हुन सक्ने सम्भावना पनि हुन्छ । त्यसैले तौलघट्दा बेवास्ता नगरी तुरुन्त डाक्टरकहाा जानुपर्छ ।

तनाव

यस्ता व्यक्तिहरुको संख्या धेरै छ जो अफिसमा कामको चाप, घरको कलह र सामाजिक दवावका कारण अक्सर तनावमा रहन्छन् । अधिक तनावमा रहनाले उनीहरुको लाइफ स्टाइल प्रभावित हुन थाल्छ । उनीहरुलाई राम्ररी भोक लाग्दैन र भरपुर खाना खान सक्दैनन् । भोक नलाग्नाले शरीरबाट फ्लाइट हार्मोन निस्कन्छ जसले तनावलाई अझै धेरै बढाउाछ ।

यसका अलावा दिमागको हाइपोथेल्मसबाट कार्टिकोट्रोपिन नामक हार्मोन निस्किन थाल्छ जसले भोक लाग्न दिादैन । यसका अलावा दिमागले एड्रिनल ग्ल्यान्डलाई पनि संकेत पठाउाछ जसले हार्मोनलाई असन्तुलित गरिदिन्छ । यसले गर्दा भोक कम लाग्छ र खाना कम खाने गर्नाले तौलपनि घट्न थाल्छ ।

पेटको रोग

सानो आन्द्रामा सही तरिकाबाट भोजनको शोषण हुन नसक्दा सिलिएक रोग, क्रोहन रोग, ल्याक्टोज बढ्ने तथा आन्द्रा टुट्ने जस्ता समस्या उत्पन्न हुन सक्छ । जब आन्द्राले जरुरी पोषक तत्वलाई शोषित गर्न सक्दैन, यस स्थितिलाई ‘मेलब्जप्र्सन’ भनिन्छ । सिलियक रोग जस्तो पेटको बिमारी सामान्यतया ठीक हुन्छ तर यदि अचानक तौलघटिरहेको छ भने डाक्टरसाग परामर्श गर्नुपर्छ ।

मधुमेह

मधुमेह हुादा भोक कम लाग्छ । यसको कारणले गर्दा व्यक्तिको शरीरमा सुगरको स्तर बढ्छ, जसले किड्नी र यसका कार्यहरुलाई सबैभन्दा बढि प्रभावित तुल्याउाछ । मधुमेहका रोगी ब्लड सुगरको उपयोग गर्न सक्दैनन् र यो मृगौलाबाट फिल्टर भएर उत्सर्जित हुन्छ ।

यसको कारणले व्यक्तिको मांसपेशी तथा हड्डीहरु प्रभावित हुन थाल्छन् । अधिक तिर्खा लाग्नु, बारम्बार पिशाब लाग्नु, आाखामा धमिलोपन र हातगोडा झन्झनाउनु, शरीरमा शून्यपनको अनुभव आदि मधुमेहका लक्षण हुन् ।

थाइराइड

थाइराइडले हाम्रो मेटाबोलिज्म लाई नियन्त्रित गर्छ । त्यसैले थाइराइडका कारण तौलप्रभावित हुन सक्छ । यदि मेटाबोलिज्म बढ्यो भने शरीरको तौलकम हुन थाल्छ । तर, यो अधिक बढ्यो भने स्वासथ्यका लागि कयौ गम्भीर खतरा उत्पन्न गर्छ ।

यदि कुनै व्यक्तिलाई हाइपोथाइराडिज्म छ भने उसको तौलतीव्ररुपमा कम हुन्छ र कहिलेकाहीा यसको कारणले हृदयको गति बढ्ने, अधिक चिन्ता तथा इन्सोमेनिया जस्ता समस्याहरु पनि हुन सक्छन् ।

Back to top button