बुद्दिजीविले भने ‘प्रदेश १ सरकारले उपलब्धिमुलक काम कम गर्यो’ (भिडियो)

विराटनगर । प्रदेश सरकारले आफ्नो आधा कार्याकाल सकिदा समेत उपलब्धिमुलक काम गर्न नसकेको मोरङका बुद्दिजीविहरुले औल्याएका छन् । उनिहरुले स्वच्छ, सुखी र समुन्नत प्रदेशको नारा लिएर अघि बढेको सरकारलाई त्यस पथमा अघि बढ्न सुझाव समेत दिए ।

विराटनगरमा आइतबार विकास समृद्दिको यात्रामा प्रदेश १, सम्भावना र चुनौती विषयक अन्तरक्रियाको आयोजना गर्दै प्रदेशका मन्त्रीलाई नै राखेर उनिहरुले उद्धघाटन र सामान्य कार्यक्रममा भन्दा मन्त्रालयगत काममा समय खर्चन आग्रह गरे ।

कार्यक्रममा कार्यपत्र प्रस्तुतगर्दै यज्ञप्रसाद शर्माले प्रदेश सरकारले केही देखिने काम गरे पनि दुई वर्षमा जति गर्नुपर्ने थियो त्यो भने गर्न नसकेको बताए । कार्यक्रममा डा. अर्जुन बराल, यज्ञप्रसाद शर्मा र कोषराज न्यौपानेले संयुक्त रुपमा तयार पारेको कार्यपत्र प्रस्तुत गरिएको थियो ।

कार्यपत्र प्रस्तुत पछि कार्यक्रमलाई सम्बोधन गर्दै आन्तरीक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले अबको केहि समयभित्रै गर्व गर्न लायक परिणामहरु आउने बताए । उनले प्रदेश सरकारको अनुभव धेरै मन्त्रीलाई पहिलो भएकाले सिक्ने र गर्ने क्रममा केही कमजोरी भने अवश्य रहेको स्वीकार गरे ।

(भिडियोमा, कार्यपत्रको सम्पुर्ण भाग छ, हेर्नुहोला)

Back to top button