रहेनन् विश्वकै होचा व्यक्ति खगेन्द्र थापामगर, २८ वर्षको उमेरमा निधन

पोखरा । विश्वकै होचा व्यक्तिका कीर्तिमान राखेका खगेन्द्र थापामगरको निधन भएको छ । मगरको शुक्रवार दिउँसो मणिपाल शिक्षण अस्पताल पोखरामा २८ वर्षको उमेरमा निधन भएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि बिहीबार राति १२ बजे मगरलाई अस्पताल भर्ना गरिएको थियो । मणिपाल अस्पतालको सघन उपचारकक्ष ९आईसीयू० मा भर्ना भएका थापा मगरलाइ शुक्रबार दिउँसो करिव ३ बजे चिकित्सकको टोलीले मृत घोषणा गरेको खगेन्द्र थापा मगर प्रतिष्ठानका अध्यक्ष मीनबहादुर राना मगरले जानकारी दिए । onlinekhabar

Back to top button