दुई छोरासहित दम्पतिले त्रिशुलीमा हाम्फाले पछि……

धादिङ  । धादिङको बेनिघाट रोराङ गाउँपालिका-३ स्थित बादरेमोड छेउबाट २ महिने शिशुसहित एकै परिवारका ४ जनाले त्रीशुली नदीमा हाम्फालेका छन्। काठमाडौं चद्रागिरी घर भएका बिनय लामिछाने र जमुना रेग्मी लामिछानेले २ र २२ महिनाका छोराहरु साथैमा लिएर बिहिबार साँझ ७ बजेतिर त्रीशुली नदिमा हेलिएका हुन्।

घटनापछि श्रीमती जमुनाको मत्यु भएको छ भने  दुवै छोराहरु बेपत्ता छन् ! श्रीमान बिनयलाई भने स्थानीयले जिवितै उद्दार गरेका थिए । बेपत्ता बालकको शुक्रबार बिहानैबाट खोजी भइरहेको छ। त्रीशुली नदी धमिलो भएकाले र पानी परिरहेकाले खोजी कार्यमा कठिनाइ भएको प्रहरीले जनाएको छ।

जिवितै उद्दार गरिएका बिनय इलाका प्रहरी कार्यलय गजुरीको नियन्त्रणमा छन भने घटनाको अनुसन्धान भैरहेको गजुरी प्रहरीले बताएको छ । annapurna

Back to top button