सावर्जनिक बसमा हस्तमैथुन गरेर भिडियो बनाउने युवक पक्राउ

काठमाडौं । सार्वजनिक बसमा एक महिलाको कपालमा विर्य स्खलन गरेको भिडियो बनाइ भाइरल बनाउने युवकलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा चितवन भरतपुर घर भएर काठमाडौं बस्ने रविन सार्की भनिने रविन रुचाल छन्।

२०७५ माघ मा सार्वजनिक भएको उक्त भिडियो रुचाल आफैंले पोर्न साईट र सोशल मिडियामा राखेर भाइरल बनाएका थिए। भिडियो भने साउनमै खिचिएको थियो। घटनाबारे जानकारी दिन महानगरीय प्रहरी अपराध महाशाखाले मंगलबार पत्रकार सम्मेलन गरेको थियो।

महाशाखा प्रमुख एसएसपी सहकुलबहादुर थापाका अनुसार पक्राउ परेका रविनले प्रहरी बयानमा पैसा कमाउनकै लागि आफूले बसभित्र उक्त हर्कत गरेको खुलाएका छन्।

प्रहरी अनुसन्धानमा रविन काठमाडौंको बानेश्वरमा रिक्सा चालकको काम गर्दै आएका थिए। पोर्न साइटमा यस्ता हर्कत देखेपछि पैसा कमाउने नाममा उक्त हर्कत गरेको बयानमा खुलाएका छन्। annapurnapost

Back to top button