
काठमाडौं । ताप्लेजुङकी २२ वर्षीया छात्रा सोसिका शेर्पाको काठमाडौको एक होस्टलमा मृत्यू भएको छ । स्नातक पहिलो वर्षमा अध्ययनरत ताप्लेजुङ मैवाखोला ४ की २२ वर्षीया शेर्पाको मध्यबानेश्वरमा रहेको ‘द रोमिज गर्ल्स होस्टल’मा मृत्यू भएको हो ।
उनको मृत्यू होस्टल सञ्चालकको लापरबाहिका कारण भएको परिवारको आरोप छ । पुस २२ गते दिउँसो बाथरूममा नुहाउन छिरेकी सोसिका अचेत अवस्थामा भेटिएकी थिइन् । बाथरुपम पसेको तीन घण्टा सम्म पनि बाहिर नआउँदा उनका साथीहरुले उनलाई बाथरुमा अचेत अवस्थामा फेला परेको बताईएको छ ।
सामान्य मापदण्ड समेत पुरा नगरेको सो होस्टलले वार्डेन र सुरक्षा गार्ड समेत नराखेको विद्यार्थी बताउँछन् । होस्टलमा बस्ने विद्यार्थी के गरिरहेका छन् ?, सुरक्षा र उद्धारका लागि के गर्ने सम्मको ज्ञान नभई होस्टल सञ्चालन गर्दाको परिणाम यस्तो भएको स्थानीय बताउँछन् ।
होस्टल सञ्चालक सीमा न्यौपानेको लापरबाहीका कारण आफ्नो छोरीले अकालमा ज्यान गुमाउनुपरेको सोसिकाका बुबा फुर्वा शेर्पा बताउँछन् । उनको ग्यास गिजर प्रयोग गर्दा अक्सिजन अभावका कारण निसासिएर मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुमान प्रहरीको छ । सामान्य मापदण्ड पनि पूरा नगरी ३० जना छात्रा राखेर होस्टल सञ्चालन गरेको पाइएपनि हाल सम्म प्रहरीले कुनै चासो नदेखाएको पीडित परिवारको गुनासो छ ।
मृतकका काका संगम शेर्पा यो घटनाले अन्य अभिभावकले पनि पाठ सिक्नु पर्ने बताउँछन् । ‘हाम्रो नानीको त ज्यान गयो, काठमाडौंमा कमाउने बाहेक केही नसोची धेरै यस्ता होस्टल खुलेका छन्, संबन्धित निकायको त चासो छैन, छोरा छोरी राख्दा अब आफै विचार पु¥याउनुहोला,’ संगमले सुझाव दिदै भने । मृतक शेर्पाको पोष्टमार्टेम पछि शनिबार दाहसंस्कार गरिएको छ ।