
ताप्लेजुङ । ताप्लेजुङको सुकेटार विमानस्थल घाटामा सञ्चालन भईरहेको पाईएको छ । नागरिक उड्डयन प्राधिकरणले उपलब्ध गराएको तथ्यांक अनुसार ताप्लेजुङको सुकेटार विमानस्थलको एक वर्षको आम्दानी भन्दा घाटा १० गुणा बढी छ ।
सुकेटार विमानस्थलको सन २०१८ को आम्दानी मात्रै ४ लाख ५३ हजार ५ सय ९२ रुपैयाँ छ भने खर्च ४३ लाख २३ हजार ३५ रुपैयाँ भएको छ । जसमा ३८ लाख ६९ हजार ४ सय ४३ रुपैयाँ घाटा रहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
प्रधिकरणका अनुसार भौगोलिक बनवट, उडानको संख्यामा कमी आउनु, उपकरण बिग्रिनु र मौसम चाडो चाडो परिवर्तनु हुनुलाई घाटाको मुख्य कारण मानेको छ । तथ्याङ्क अनुसार नेपालका ३२ वटा विमान्स्थल मध्ये जम्मा ८ वटा विमानस्थल मात्र नाफामा छन् । त्यसबाहेक अन्य सबै विमानस्थलको घाटा करोडौ रुपैयाँ छ ।
हेरौँ तथ्याङ्कमा कुन विमानस्थल कस्तो अवस्थामा
ताप्लेजुङ विमानस्थल
आम्दानी– ४ लाख ५३ हजार ५ सय ९२
खर्च – ४३ लाख २३ हजार ३५
घाटा– ३८ लाख ६९ हजार ४ सय ४३
चन्द्रागढी विमानस्थल
आम्दानी –२ करोड ४१ लाख १४ हजार २ सय ९०
खर्च –२ करोड ७७ लाख ५६ हजार ९ सय ४
घाटा –३६ लाख ४२ हजार ५ सय १४
तुम्लिङटार विमानस्थल
आम्दानी– २१ लाख ८० हजार ६ सय २१
खर्च– ७५ लाख ७४ हजार ३ सय ४७
घाटा– ५३ लाख ९३ हजार ७ सय २६
भोजपुर विमानस्थल
आम्दानी –२ लाख ३२ हजार ८ सय ४३
खर्च –३४ लाख ८३ हजार ९ सय ७५
घाटा –३२ लाख ५१ हजार १ सय ३२
विराटनगर विमानस्थल
आम्दानी –८ करोड ३३ लाख ३९ हजार ४ सय ५७
खर्च –८ लाख करोड ३५ लाख १ हजार ४ सय ७०
घाटा –१ लाख ६२ हजार १३
लामिडाडा विमानस्थल
आम्दानी –१ लाख २० हजार २२
खर्च –३७ लाख ७० हजार ३ सय ४
घाटा –३६ लाख ५० हजार २ सय ८२
तेन्जिङ हिलारी विमानस्थल
आम्दानी –१ करोड ९६ लाख ४६ हजार ७५
खर्च –१ करोड ८ लाख ६७ हजार ९ सय ९३
नाफा –८७ लाख ७८ हजार ८२
रुम्जाटार विमानस्थल
आम्दानी –२ लाख २८ हजार ८ सय ४९
खर्च –४८ लाख ७१ हजार ७
घाटा –४६ लाख ४२ हजार १ सय ५८
फाप्लु विमानस्थल
आम्दानी –२८ लाख २३ हजार ४ सय ५६
खर्च –४६ लाख १२ हजार ९ सय ५५
घाटा –१७ लाख ८९ हजार ४ सय ९९
मनमाया राइ खानिडाडा विमानस्थल
आम्दानी –१८ हजार ३७
खर्च –४१ लाख ३४ हजार ७ सय २
घाटा –४१ लाख १६ हजार ६ सय ६५
त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल
आम्दानी –७ अर्ब ५३ करोड २७ लाख ३४ हजार ३४
खर्च –१ अर्ब ७ करोड ४५ लाख ७५ हजार ५ सय ८५
नाफा –६ अर्ब ४५ करोड ८१ लाख ५८ हजार ४ सय ४९
जनकपुर विमानस्थल
आम्दानी –७४ लाख २४ हजार ७७
खर्च –२ करोड ५२ लाख ८२ हजार २ सय ५१
घाटा –१ करोड ७८ लाख ५८ हजार १ सय ७४
रामेछाप विमानस्थल
आम्दानी –६ लाख १० हजार ८ सय ७२
खर्च –४० लाख २८ हजार १ सय २१
घाटा –३४ लाख १७ हजार २ सय ४९
सिमरा विमानस्थल
आम्दानी –१ करोड ५४ लाख ६ हजार ९ सय ४१
खर्च –२ करोड ९३ लाख १८ हजार ८ सय ६२
घाटा –१ करोड ३९ लाख ११ हजार ९ सय २१
भरतपुर विमानस्थल
आम्दानी –३ करोड ६ लाख ५४ हजार ३ सय ८८
खर्च –२ करोड ३४ लाख ४३ हजार १ सय ३१
नाफा –७२ लाख ११ हजार २ सय ५७
पोखरा विमानस्थल
आम्दानी –८ करोड ३७ लाख २२ हजार ६ सय ६१
खर्च –४ करोड ७५ लाख ४१ हजार ६ सय ९२
नाफा –३ करोड ६१ लाख ८० हजार ९ सय ६९
गौतम बुद्द विमानस्थल
आम्दानी –६ करोड १४ लाख ९२ हजार ५ सय ६३
खर्च –५ करोड ४९ लाख २८ हजार २ सय ६
नाफा –६५ लाख ६४ हजार ३ सय ५७
मनाङ विमानस्थल
आम्दानी –१ हजार ५ सय ९२
खर्च –११ लाख ६९ हजार १ सय ५२
घाटा –११ लाख ६७ हजार ५ सय ६०
जोमसोम विमानस्थल
आम्दानी –७२ लाख ३० हजार ४ सय ८८
खर्च –१ करोड १ लाख ८८ हजार ६ सय ७२
घाटा –२९ लाख ७ हजार ६ सय ५७
नेपालगन्ज विमानस्थल
आम्दानी –७ करोड २७ लाख ५६ हजार ५ सय २
खर्च –७ करोड १ लाख ८८ हजार ६ सय ७२
नाफा –२५ लाख ६७ हजार ८ सय ३०
सुर्खेत विमानस्थल
आम्दानी –५३ लाख ७३ हजार ८ सय ९४
खर्च –१ करोड ७२ लाख ८५ हजार ९ सय ८०
घाटा –१ करोड १९ लाख १२ हजार ८६
दाङ विमानस्थल
आम्दानी –२२ हजार ९ सय ७५
खर्च –१३ लाख २८ हजार १ सय १०
घाटा –१३ लाख ५ हजार १ सय ३५
रुकुम विमानस्थल
आम्दानी –१ लाख ६७ हजार ३ सय ४७
खर्च –२२ लाख २५ हजार ८ सय ३१
घाटा –२० लाख ५८ हजार ४ सय ८४
डोल्पा विमानस्थल
आम्दानी –३ लाख ९९ ह्जार ८ सय २१
खर्च –३५ लाख २४ हजार ८ सय १६
घाटा –३१ लाख २४ हजार ९ सय ९५
जुम्ला विमानस्थल
आम्दानी –१० लाख ६९ हजार २ सय १५
खर्च –२० लाख ७८ हजार ३९
घाटा –७० लाख ८ हजार ८ सय २४
सिमिकोट विमानस्थल
आम्दानी –१ करोड ४९ लाख ६५ हजार ६ सय ९८
खर्च –१ करोड १८ लाख ६८ हजार ५ सय ६५
नाफा –३० लाख ९७ हजार १ सय ३३
धनगढी विमानस्थल
आम्दानी –२ करोड २९ लाख ४२ हजार ८ सय ३८
खर्च –१ करोड ५२ लाख ५७ हजार ४ सय ७६
नाफा –७६ लाख ८५ हजार ३ सय ६२
बाजुरा विमानस्थल
आम्दानी –४ लाख ८३ हजार ७ सय ३६
खर्च –३० लाख ९७ हजार ४ सय ५३
घाटा –२६ लाख १३ हजार ७ सय १७
रारा मुगू विमानस्थल
आम्दानी –२३ लाख ७२ हजार ८ सय २१
खर्च –३३ लाख ९१ हजार ७ सय ६८
घाटा –१० लाख १८ हजार ९ सय ४७