उपसभामुख तुम्बाहाम्फेलाई राजीनामा गराउने नेकपाको निर्णय, अब सभामुख बन्लिन त ?

काठमाडौं । सत्तारुढ दल नेकपाले उपसभामुख शिवमाया तुम्बाहाम्फे सँगको छलफल पछि उनलाई राजीनामा गराउने निर्णय गरेको छ । तुम्बाहाम्फले आफूलाई सभामुख बनाउने निर्णय गरे मात्र उपसभामुखबाट राजीनामा दिने अडान लिएकी थिइन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको नेकपा सचिवालयको बैठकमा सभामुखमा उम्मेदवार दिने र उपसभामुख तुम्बाहम्फेलाई राजीनामा गराउने निर्णय गरेको हो । सभामुखमा उम्मेदवारी दिने निर्णय भएको जानकारी दिँदै प्रवक्ता नारायणकाजी श्रेष्ठले तुम्बाहाम्फे सँगको छलफल पछि यस्तो निर्णय भएको बताए ।

प्रधानमन्त्री ओली भने बैठकमा सहभागी हुन सकेका थिएनन् । यद्यपि उनकै सहमतिमा निर्णय भएको नेताहरुले बताएका छन् । प्रधानमन्त्रीको स्वास्थ्यका कारण उनि बैठकमा नगएको बताइएको छ ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तुम्बाहाम्फेसँग शुक्रबार भएको छलफलबारे जानकारी गरेका थिए । नेकपाका अध्यक्षद्धयसँग भएको भेटमा तुम्बाहाम्फले आफूलाई सभामुख बनाउने निर्णय गरे मात्र उपसभामुखबाट राजीनामा दिने, नभए सदन सुचारु गरेर सभामुख निर्वाचनको प्रक्रिया सुरु गर्ने अडान लिएकी थिइन् ।

सचिवालय बैठकमा नेताहरुले उपसभामुखको अडान उपयुक्त नभएको धारणा राखेका थिए । तर सभामुखको उम्मेदवार कसलाई बनाउने भन्ने कुनै छलफल नभएको नेताहरुले बताएका छन् ।

Back to top button