
ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका २ खोक्लिङमा बिहीबार भएको पिकअप दुर्घटनामा एकजनाको मृत्यु भएको छ। स्थानीय ३५ वर्षीया पवित्रा थापाको ज्यान गएको हो ।
वडाध्यक्ष सुरेश थापाका अनुसार चालक पदम थापा गम्भीर घाइते छन् । पिकअपमा सवार ८ जनामध्ये अन्य सामान्य घाइते छन् ।
सदरमुकामबाट खोक्लिङको डाँडा गाउँतर्फ गईरहेको मे १ ज ६६०६ नम्बरको ट्याक्सी थापागाउँस्थित सडक घुम्तिबाट तल खसेर दुर्घटनामा परेको थियो । घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएको छ।