
सन् २०१८ मा दुबईको ३५६ मिटर (१,१६८ फिट) गिभोरा होटेल विश्वकै अग्लो हाटेलको रुपमा गिनीज वर्ल्ड रेर्कडले प्रमाणित गरेको थियो। अहिले द फ्रस्ट गु्रप दुबईका अनुसार सिल टावर ३६०.४ मिटरको छ । र ८२ तलाको यो भवनमा १२०९ लक्जरी सुइटको व्यवस्था गरिएको छ ।
सिसाले सजिएको यो भवनको उचाइबाट ३६० डिग्रीको आर्कषक दृश्य अवलोकन गर्न सकिन्छ । साथै ग्राहकले समुन्द्री दृष्य र पाम जमेराह (मानव निर्मित टापु) सहित प्रतिष्ठित स्थानको मजा लिन सक्ने द प्रस्ट ग्रुपले बताएको छ।
डिसेम्बरमा भएको इन्टरनेसनल प्रोपर्टी अर्वाडमा सिल टावरको डिजाइनले तीनवटा पुरस्कार जितेको थियो । ती पुरस्कार सर्वश्रेष्ठ अन्तराष्ट्रिय होटल आर्किटेक्चर, सर्वश्रेष्ठ होटल आर्किटेक्चर अरेबिया र सर्वश्रेष्ठ उच्च वृद्धि आर्किटेक्चर अरेबिया हुन् ।
यसका साथै होटेलमा स्पा र अन्य व्यापार सुविधाको व्यवस्था पनि गरिएको छ । सन् २०१६ मा दुबईको मरिनमा यसको निर्माण सुरु गरिएको थियो । विश्वको सबैभन्दा अग्लो टावरको सूचीमा सिल टावर प्रसिद्ध भवन बन्न सफल हुने बताइएको छ ।