उदयपुरमा सवारी दुर्घटना, तीनको मृत्यु

उदयपुर । उदयपुरको बिभिन्न स्थानमा भएको सवारी दुर्घटनामा ३ जनाको ज्यान गएको छ भने ७ जना गम्भिर घाईते भएको छ । जिल्लाको दुर्गम भेगमा रहेको ताप्ली गाँउपालिका–२ लेखगाँउको धपेनीमा बुधबार साँझ जीप दुर्घटना हुँदा जीपमा सवार दुईको घटनास्थलमै ज्यान गएको छ । जीपमा सवार ४ जना गम्भीर घाइते भएको ईलाका प्रहरी कार्यालय कटारीले जनाएका छन् ।

ताप्ली गाउँपालिका– ३ कै ईनामेस्थितरामपुर झिल्केबाट कटारी जाँदै गरेको मे १ ज २६६२ नम्बरको जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरिक्षक (एसपी) बीरबहादुर बुढा मगरले जनाए । भित्रि सडक खण्डमा रामपुरझिल्के पोखरीबाट कटारी जादैं गरेको बोलेरो जीप आफै अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खस्न पुगेको ईलाका प्रहरी कार्यालय कटारीका प्रहरी नायब उपरिक्षक प्रेमसागर केसीले जानकारी दिए ।

घटनामा ताप्ली गाउँपालिका– २ लेखगाऊका २६ वर्षीय मिलन राई, झापा बिर्तामोडका ३३ वर्षीय सवारी धनी महेन्द्र राईको घटनास्थलमा नै ज्यान गएको थियो । त्यसैगरी ताप्ली गाउँपालिका– २ लेखगाऊका २७ वर्षीय बाबु राई, ४० वर्षीय रसमाया राई, ताप्ली गाउँपालिका– २ बाछाङ्गका ३२ वर्षीय मोतिलाल राई, ताप्ली गाउँपालिका– १ ओख्लेका २१ वर्षीय कोमलराज मगर चालक गम्भिर घाईते भएका छन ।

त्यसैगरी मदन भण्डारी स्मृति लोकमार्ग सडक खण्डमा पर्ने त्रियुगा नगरपालिका– १० मा गाईघाटबाट चुहाडे जाँदै गरेको स १ ह ३८११ नम्बरको अटो अनियन्त्रित भई दुर्घटनामा हुँदा एक जनाको ज्यान गएको छ भने तीन जना घाईते भएको थियो ।

दुर्घटनामा त्रियुगा नगरपालिका– ७ की २० वर्षीय सिमा दनुवारको जिल्ला अस्पताल गाईघाटमा उपचारको क्रममा ज्यान गएको हो । त्रियुगा नगरपालिका– ७ की २० वर्षीय मन्दिरा बस्नेत, ६० वर्षीय गोबिन्द्र कार्की, ३७ वर्षीय मञ्जु दनुवार घाईते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

घाईतेहरुलाई जिल्ला अस्पताल कटारी, जिल्ला अस्पताल गाईघाट, बिराटनगरमा उपचार भई रहेको छ भने अटो चालक त्रियुगा नगरपालिका– ४ बगाहाका २८ वर्षीय हेमबहादुर बिश्वकर्मालाई प्रहरी नियन्त्राण्मा लिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

Back to top button