दुर्गा प्रसाई भन्छन् ‘बी एण्ड सीलाई सम्बन्धन दिन आयोगका उपाध्यक्ष गिरीले २० करोड घुस मागे’ (भिडियो)

काठमाण्डौं । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. कृष्ण गिरीले झापाको बिर्तामोड स्थित बीएण्डसी अस्पताललाई मेडिकल कलेजको सम्बन्धन दिन २० करोड रकम घुस माग गरेको आरोप लागेको छ ।

बुधबार काठमाण्डौमा पत्रकार सम्मेलन गर्दै बीएन्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले उपाध्यक्ष गिरीले कलेजको सबन्धनका लागि २० करोड घुस मागेको बताए । सरकारले गत भदौमा चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्रा.डा. गिरीलाई नियुक्त गरेको थियो ।

प्रसाईले सबै मापदण्ड पूरा गर्दा पनि आफ्नो कलेजलाई सरकारले मेडिकल शिक्षाका लागि सम्बन्धन नदिनुको मुख्य कारणनै घुस रकम आफुले गिरीलाई नदिनु भएको दाबी गरे । ‘मैले सबै प्रकृया पुरा गरेको छु, घुस दिने गरी काम बिगारेको छैन, तै पनि २० करोड घुस मलाई गिरीले मागेका हुन्,’ प्रसाईले पत्रकार सम्मेलनमा भने ।

उनले सबै मापदण्ड पूरा गर्दा पनि आफ्नो कलेजलाई सरकारले मेडिकल शिक्षाका लागि सम्बन्धन नदिएको भन्दै अदालत जाने सोत चेतावनी दिएका छन् । ‘पुस मसान्तसम्ममा सम्बन्धन नदिएमा म अदालत जान्छु,’ प्रसाईले भने ‘मैले सबै मापदण्ड पूरा गरिसकेको छ, तर, मलाई सम्बन्धन नदिएर सरकारले म माथि अन्याय गरेको छ ।’

आफुमाथी अनेक आरोप लगाएर आफुलाई मात्रै नभई नेपालमानै पढ्न चाहने विद्यार्थीको भविश्य बोक्ने मेडिकल कलेजको सम्बन्धन नदिनु सरकारको गम्भिर लापरबाहि भएको प्रसाई बताउँछन् । उनले आफुलाई चलाउन नदिने भए सरकारलेनै किनेर चलाउन पनि आग्रह गर । ‘कि काम गर्नेलाई चलाउन दिनुस, कित आफै किनेर सरकारले चलाओस’ प्रसाईले आक्रोस पोख्दै भने ‘पुस मसान्त सम्ममा सरकारले यो निर्णय लिनुपर्छ ।’

यस अघि सञ्चालक प्रसाईले झापामा उनले खोलेको अर्को अस्पताल पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्धघाटन गर्दै सम्बन्धनका विषयमा गम्भिर कुरा रहेकाले काठमाण्डौमानै पत्रकार सम्मेलन गरि सार्वजनिक गर्ने उद्घोष गरेका थिए ।

(झापामा आयोजित पत्रकार सम्मेलनमा उनले भनेका कुराको भिडियो हेर्नुहोस)

Back to top button