तमोर नदीमा ७६२ मेगावाट क्षमताको जलविद्युत आयोजना, फेवाताल भन्दा ठुलो ताल बन्ने (अडियो रिपोर्ट सहित)

ताप्लेजुङ । उज्यालो पूर्व अब थप उज्यालो बन्ने भएको छ । नेपालकै ठूलो मध्येको एक सप्तकोशी नदीको प्रमुख सहायक नदी मानिएको तमोर नदीमा ७ सय ६२ मेगावाट क्षमतको जलविद्युत आयोजनाको निर्माण प्रक्रिया थालिने भएपछि समृद्धिको रेखा पहिल्यै कोरेको प्रदेश एक अब थप समृद्ध बन्ने निश्चित भएको छ ।

तमोर नदीको क्षमता असीमित भएपनि यो नदी उत्पादनहीन झै बनेर बगिरहेकी थिइन । तर अब पाँचथरको स्याबरुम्बा, भाङटार, जोरामौरे र तेह्रथुमको छथर गाउँपालिका ३ र ४ नम्बर वडाको ओख्रे नौढुंगे बीचमा बाँध बाँधेर आयोजना निर्माण गर्न सकिने सम्भावना सम्भाव्यता अध्ययनले देखाएपछि यो प्रक्रिया अब चाँडै सुरु हुने भएको छ ।

आयोजना निर्माणका लागि चाइना पावर कम्पनीले जिम्मा लिएपछि काम चाँडै अघि बढ्ने विश्वास गरिएको छ । आयोजना निर्माण हुने भएपछि तेह्रथुम, पाँचथर , ताप्लेजुङ र धनकुटावासी मात्र नभई समग्र प्रदेश एकवासी हर्षित बनेका छन् ।

(अडियो रिपोर्ट )

 

Back to top button