नेकपाकाे बैठक २१ दिन पछि धकेलियाे

काठमाडौ । प्रधानमन्त्री आफैँ बैठकमा सहभागी हुन चाहेपछि नेकपा केन्द्रीय कमिटी बैठक २१ दिन पछाडि धकेलिएको छ ।

आइतबार बसेको नेकपा सचिवालय बैठकले २३ पुसदेखि बस्ने केन्द्रीय कमिटीको पूर्वनिर्धारित मिति संशोधन गरेको हो । अब माघ १५ गतेबाट बैठक शुरु गरिने भएको हो ।

केन्द्रीय कमिटी बैठकमा नियमित बस्ने रुची प्रधानमन्त्रीले देखाउनुभएको छ । तर, स्वास्थ्यले साथ नदिँदा बैठक धकेलिएको हो ।

चिकित्सकहरुले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीलाई बढ्दो ठण्डीको समयमा स्वास्थ्यको बढी ख्याल गर्नुपर्ने र सार्वजनिक स्थलमा हिँड्डुल गर्नमा रोक लगाउनुपर्ने सुझाव दिएपछि केन्द्रीय कमिटी बैठक सारिएको एक सचिवालय सदस्यले बताए
प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गर्नुपर्ने, तर स्वास्थ्य अनुकूल हुन नसक्दा दिनैपिच्छेजसो डायलसिस भइरहेको छ ।

यससँगै केन्द्रीय कमिटी बैठकमा पेश गरिनुपर्ने राजनीतिक र सांगठानिक प्रतिवेदन तयारीको समय नपुगेको भनी आइतबारको सचिवालय बैठकमा कुरा उठेको थियो । ‘सबै दृष्टिले बैठक सार्नु उपयुक्त भएपछि सार्ने निर्णय भएको हो’, एक सचिवालय सदस्यले बताए ।

Back to top button