पाथीभरालाई हिउँले छोप्दा……(फोटो फिचर र भिडियो)

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा क्षेत्रमा पुग्दा जब सेताम्मे हिउँ पर्छ धार्मीक मात्रै नभई यो क्षेत्र पर्यटकिय क्षेत्र पनि हो भन्ने सबैलाई भान हुन्छ । तीन हजार सात सय ९४ मिटर उचाईमा रहेको पाथीभरा मन्दिर र सो क्षेत्रका फेदी, काफ्लेपाटी र भालुगौंडे सम्म २ फिटसम्म हिउँ पर्ने गरेको छ।

हिउँ पर्दा सदरमुकाम फुङलिङ बाट हिउँ खेल्न जानेको घुईंचो लाग्छ। पाथीभराको दर्शनका सार्थ झापा, काठमाडौं, सुनसरी, मोरङलगायतका जिल्लाबाट हिउँ खेल्न रमाउन, पुजा गर्न र घुम्न बाह्रै महिना स्थानीय पुग्छन् ।
(तस्विर र भिडियोमा हेरौँ पाथीभरा क्षेत्रमा हिउँ पर्दा यस्तो देखिन्छ)

Back to top button