मुख्यमन्त्रीले अभिभावकत्व लिएका विद्यार्थीलाई सामाग्री प्रदान

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले अभिभावकत्व लिएका विद्यार्थीलाई शुक्रबार बिभिन्न सामाग्री हस्तान्तरण गरिएको छ । गत बर्ष मुख्यमन्त्री राईले अल्पसंख्यक समुदायका तीन जना विद्यार्थीको अभिभावकत्व ग्रहण गरेका थिए ।

मोरङको रतुवामाई नगरपालिका ५ र ६ का रोजिना खातुन, सुर्दशन मुर्मु र विनोद मुर्मुको घरमा पुगेर आवश्यक सामाग्री प्रदान गरिएको हो । मोरङको रतुवामाई स्थित सरस्वती माविमा अध्ययनरत यी बालबालिकाहरुलाई आवश्यक पर्ने शैक्षिक सामाग्री, खाद्यान्न सामाग्री र जाडोको लत्ता कपडा प्रदान गरिएको हो ।

रतुवामाई नगरपालिका ६ का वडा अध्यक्ष तुलाराम लुँइटेल, समाजसेवी, भरतमणी कार्की, शिक्षक भिम लुँइटेल, शिक्षिका भिमकला बस्नेत र विद्यार्थी नेता भाष्कर खनालको उपस्थितिमा मुख्मन्त्रीको तर्फबाट प्रेस सल्लाहकार ध्रुव सुवेदीले आवश्यक सामाग्री प्रदान गरेका हुन् ।

विद्यार्थी भर्ना अभियानको क्रममा २०७५ बैशाख ९ गते यी बालबालिकाहरुको मुख्यमन्त्री राईले अभिभावकत्व ग्रहण गरेका थिए । उनिहरु बाल कक्षामा अध्ययनरत छन् । आर्थिक अवस्था कमजोर भएका परिवारका यी बालबालिकाहरुको पठन पाठन र रेखदेखको जिम्मेवारी मुख्यमन्त्री राईले लिएका छन् ।

Back to top button