
विराटनगर । महिला वालवालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले वालवालिकाको क्षेत्रमा काम गर्दा संघीय, प्रदेश र स्थानीय गरी तीनै तहको सरकारबीच सहकार्य र समन्वय हुनुपर्ने धारणा व्यक्त गरेका छन् ।
शुक्रवार विराटनगरमा प्रदेश १ मा बालबालिकाको स्थिति बारे आयोजना गरिएको कार्यक्रममा मन्त्री गुरुङले प्रदेश १ मा बालबालिकाको अवस्था संवेदनशील रहेकाले सबैको एकीकृत प्रयासबाट बालबालिकाहरुको अवस्थामा सुधार ल्याउन सकिने धारणा व्यक्त गरे ।
महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय तथा राष्ट्रिय वालअधिकार परिषदले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश १ का मुख्य मन्त्री शेरधन राईले प्रदेश १ मा सडक वालवालिकाहरुको व्यवस्थापन गर्ने लागिएको र उनीहरुको संरक्षणको लागि स्वास्थ्य शिक्षा लगायतका महत्वपूर्ण काम गर्नुपर्ने बताए।
प्रदेश १ मा बालबालिकाको अवस्था संवेदनशील देखिएपछि शुक्रवार देखि नै सडक वालवालिका मुक्त प्रदेश बनाउने अभियान शुरु गरिएको छ । मन्त्री गुरुङ र प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले धरानबाट सो अभियान शुरु गर्ने बताइएको छ । बालबालिकाको स्थिति बारे सो कार्यक्रममा प्रदेश सांसदहरु, स्थानीय तहका प्रमुख उपप्रमुखहरु र सरोकारवालाहरु सहभागि भएका थिए ।