
ताप्लेजुङ । घुन्सा फाउण्डेशनले ताप्लेजुङ र तेह्रथुममा फस्टएडको बक्स वितरण गर्ने भएको छ । स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको फाउन्डेशनकी अध्यक्ष तथा नेपाल ट्रष्टको सञ्चालक समिति सदस्य याङजोम शेर्पाका अनुसार ताप्लेजुङ र तेह्रथुमका केही स्थानमा प्राथमिक उपचारका सामाग्री वितरण गर्ने तयारी गरिएको हो ।
यसअघि शेर्पाको पहलमा घुन्सामा स्वास्थ्य शिविर सञ्चालन गरेको फाण्डेशनले फेरि ताप्लेजुङ र तेह्रथुममा स्वास्थ्य सामाग्री वितरण गर्न लागेको हो । घुन्सा फाउन्डेशनले ताप्लेजुङका स्वास्थ्य संस्थाहरुमा उपचारका लागि प्रयोग हुनु विभिन्न मेसिनदेखि स्वास्थ्य सेवाका सामाग्री सहयोग गर्दै आएको छ ।
स्वास्थ्य तथा सामाजिक क्षेत्रमा काम गर्दै आएकी फाउन्डेशनकी अध्यक्ष तथा नेपाल ट्रष्टको सञ्चालक समितिको सदस्य याङजोम शेर्पाले हिमाली तथा उच्च पहाडी क्षेत्रमा स्वास्थ्य संस्था तथा विपन्न नागरिकहरुलाई स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएकी छन् । यद्यपि स्थानीय ठाउँ र मिति भने तय भइसकेको छैन ।