मुख्यमन्त्री राईले दिए तमु ल्होसार र चाक्चाकुर चाडको शुभकामना (भिडियो)

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले तमु र किराँत जातिले मनाउने चाडको अवसर पार्दै शुभकामना व्यक्त गरेका छन् । तमु (गुरुङ) जातिको महान चाड तमु ल्होसार र किराँत कुलुङ जातिको महान चाड मिनारिदाचाम, चासुम्लो निङ्दोङ, चाक्चाकुरको अवसरमा मुख्यमन्त्री राइले मंगलबा शुभकामना व्यक्त गरेका हुन् ।

भिडियोमा आज शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री राईले बहुजा तीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक विविधतायुक्त नेपाली समाजमा यस्ता पर्वहरु आपसी मित्रता, सद्भाव र एकताको प्रतिकका रुपमा रहेको उल्लेख गरेका छन् । ‘हाम्रो यो विविधता नेपालका लागि मात्र नभएर विश्व समुदायका लागि पनि एक महत्त्वपूर्ण पूँजी हो,’ राइले भनेका छन् ।

यी दुबै जातिको चाडले छुट्टै मौलिकता, परम्परा र सांस्कृतिक महत्त्व बोकेको छ । यी चाडले आफ्नो धर्म, संस्कृति, रितिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्ने मैले विश्वास लिएको छु, मुख्यमन्त्रीले जारी गरेकोे सन्देशमा भनिएको छ ।

यी चाडले नेपालका सबै जातजाती एकताबद्ध भई आपसी सद्भाव तथा भातृत्व अभिवृद्धि गरी स्वच्छ, सुखी र समुन्नत प्रदेश निर्माणको दिशामा अगाडि बढ्न मुख्यमन्त्री राईले आग्रह गरेका छन् ।

(भिडियो)

Back to top button