तीन लाख धरौटीमा छुटे सिद्धबाबा, पीडित महिला भन्छिन् ‘उच्च अदालत जान्छु’

सुनसरी । बलात्कार आरोप लागेका सिद्धबाबा नामले परिचित कृष्णदास गिरी तीन लाख रुपैयाँ धरौटीमा छुटेका छन् । सोमबार सुनसरी जिल्ला अदालतका न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलाशले उनलाई तीन लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

आइतबारदेखि दुई दिनसम्म चलेको थुनछेक बहसपछि जिल्ला अदालत सुनसरीले यस्तो आदेश दिएको हो । आफ्नै २९ वर्षीया अनुयायी महिलालाई आश्रममा बोलाएर बलात्कार गरेको उजुरीका आधारमा गिरी गत मंसिर १६ गते पक्राउ परेका थिए ।

मंसिर १६ गते विराटनगरको एक निजी अस्पतालको सघन उपचार कक्ष (आईसीयू) बाटै गिरीलाई पक्राउ गरी अदालतमा उपस्थित गराएको थियो । यता कृष्णदासलाई कडा कारवाही हुनुपर्ने माग गर्दै आएका पीडित भनिएकी महिलाहरुले भने आफु न्यायको लागी उच्च अदालत जाने चेतावनी दिएकी छन् ।

Back to top button