शेखरले भने : ‘तोकिएको समयमा महाधिवेशन हुँदैन’

विराटनगर । नेपाली काग्रेसका केन्द्रिय सदस्य डाक्टर शेखर कोइरालाले नेपाली कांग्रेसको १४ औं महाधिवेशन घोषित कार्यतालिका अनुसार नहुने दाबी गरेका छन् । सोमबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै उनले घोषित कार्यतालिका अनुसार महाधिबेसनका संभावना टरेको बताए ।

चिसोको मौसम सुरु भएकाले एक महिना भित्र वडा देखि प्रदेश सम्म अधिवेशन गर्न नसकिने उनको तर्क छ । कार्यतालिका अनुसार महाधिवेशन सम्पन भएको ६ महिना पछि स्थानीय तहको निर्वाचन हुने भएकाले यो कार्यतालिकाले काग्रेसलाई ठुलो घाटा समेत हुने कोइराला बताउँछन् ।

छोटो समयमा देशभरका वडा देखि प्रदेश सम्मको अधिवेशन हुँदा कार्यकर्ता बिच व्यापक असन्तुष्टि उत्पन हुने भएकाले स्थानीय तहको निर्वाचनमा पार्टीलाई बलियो बनाउन आगामी मंसिर भित्र महाधिवेशन सम्पन गर्नु पर्ने उनको सुझाव थियो । ‘कार्यतालिका हेर्दा महाधिवेशन हैन, निर्वाचन गराउने जस्तो लाग्छ,’ कोइरालाले भने ‘राजनीतिक दलको बटम लाइन नै निर्वाचन गएर बहुमत ल्याउनु हो ।’

प्रादेशिक संरचनामा पहिलो पटक काग्रेस जान लागेकाले प्रदेशको अधिवेशन गर्न समेत एक दिनको मात्रै समय कार्यतालिकाले दिएकाले छलफलको मौका समेत नदिएको उनले बताए । प्रदेश र केन्द्रिय सरकारमा काग्रेस नरहेको बेला जनतामा गएर वाम सरकार विरुद्ध लडन् संगठन बनाउनु पर्ने समयमा सभापतिको गलत नीतिले स्थानीय स्तरमा संगठन बनाउने मौका गुमाएको उनको आरोप थियो । पार्टी भित्र सहमतिको नीतिलाई वाइपास गरेर एकलौटी निर्णय गर्ने सभापतिको रवैयाले समस्या भएको उनले बताए ।

Back to top button