नबुझी कर उठाउँछन् स्थानीय तह, पटके र ढुवानी कर लिन नपाउने (भिडियो)

विराटनगर । मोरङका स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीमा बजेट तथा राजश्व संकलनको विषयमा अझै अन्यौलता देखिएको छ । स्थानीय सरकार सञ्चालनको दुई वर्ष बितिसक्दा समेत प्रमुख, उपप्रमुख र माथिल्लो तहकै कर्मचारीमा कस्तो वस्तुमा राजस्व लिने÷नलिने अन्योलता भेटिएको हो ।

शुक्रबार विराटनगरमा आयोजित बजेट तर्जुमा, खर्च तथा राजश्व विषयक अन्र्तक्रियामा सहभागी स्थानीय तहका पदाधिकारी र कर्मचारीले खुलेरै अन्योलता प्रकट गरे । प्राकृतिक वस्तु उत्खनन्, निकासी, कृषि र पर्यटनमा उठाउने करका विषयमा सबैभन्दा बढी अन्यौलता जनप्रतिनिधि र कर्मचारीमा देखिएको कार्यक्रमा सहभागी अर्थविद् डा. पोषराज पाण्डेले बताए । ‘कतै कृषि जन्य वस्तुको निकासी कर तीन स्थानमा तीन पटक सम्म लिएको देखियो, जनप्रतिनिधिले कस्तोमा कर लगाउने÷नलगाउने नबुझी लगाएको पनि भेटियो,’ कायक्रको सहजिकरण गरिरहेका अर्थविद् पाण्डेले भने ।

विराटनगर महानगरपालिका तथा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १, र साउथ एशिया वाच अन ट्रेडद्वारा संयूक्त रुपमा आयोजना गरेको कार्यक्रममा बोल्दै जनप्रतिनिधिले वन क्षेत्रमा संघ, प्रदेश र स्थानीय तहबाट संकलन हुने तेहोरो करका कारण अन्यौलता रहेको बताएका थिए ।

केराबारी गाउँपालिकाकी उपप्रमुख शान्ति लिम्बुले राजश्व लिने क्रममा संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहबीच समन्वय हुन नसक्दा समेत समस्या भएको गुनासो पोखिन । ‘स्थानीय सरकारको सम्पत्ती, घरबहाल कर, घरजग्गा रजिष्टे«ेशन शुल्क, मनोरञ्जन कर, विज्ञापन कर, जडीबुटी कवाडी तथा जीवजन्तु कर राजश्वको श्रोत मुख्य स्रो भएपनि संघिय सरकार र प्रदेश सरकारले पनि यसमा हस्तक्षेप गर्ने गरेको छ,’ उनले भनिन् ।

गाउँपालिका राजस्व परामर्श समिति संयोजक समेत रहेकी उपप्रमुख लिम्बुले लेखा परिक्षकहरुसंग गाउँपालिकाले कर उठाईरहेको उदाहरण दिदै यस्ता कर उठाउने विषयमा सबै तहमा जानकारी नभएको बताइन् ।

अर्थविद् डा. पोषराज पाण्डेले बजेट तथा कर संकलनका विषयमा देखिएका अन्यौलतामा सहजीकरण गरेका थिए । उनले स्थानीय तहको बजेटलाई जनतामुखी बनाउनका लागि उपप्रमुखहरुले योजनाबद्ध रुपमा कार्य गर्न आवश्यक रहेको बताए ।

पाण्डेले उत्खनन् कर स्थानीय तहले संकलन गरेपनि त्यसको ढुवानीमा कर लिन नपाइने बताएका थिए । त्यसैगरी, स्थानीय तहले पटके कर लिन समेत नपाउने उनले स्पष्ट पारेका छन् ।

 

Back to top button