
विराटनगर । विराटनगर विमानस्थललाई सजाउन विराटनगरमा कार्यरत सामाजिक संघ संस्थाले पनि तत्परता देखाएका छन् । विमानस्थल प्रशासनले सैन्दर्यकरणको स्पष्ट योजना तयार पारे त्यसमा साथ दिने लायन्स, रोटरी तथा राउण्ड टेवलले जनाएका छन् ।
संवाद समुह मोरङले शुक्रबार विराटनगरमा आयोजना गरेको संवादमा बोल्दै लायन्स, रोटरी तथा राउण्ड टेवलका प्रतिनिधिले विमानस्थल प्रशासनको तर्फबाट स्पष्ट योजना आउने बितिकै त्यसको लागि आफुहरु सहकार्यको गर्न तयार रहेको बताए ।
आर्किटेक खोज्नेदेखि सौन्दर्यकरणको लागि योजना निर्माणमा समेत सहयोग गर्ने उनीहरुको भनाई छ । तर, यसका लागि विमानस्थल प्रशासनले योजना ल्याउनु पर्ने उनिहरुको माग छ । राज्यले विराटनगर विमानस्थलको विकास र यात्रुमैत्री वातावरणलाई व्यवस्थापनमा काम गर्नु पर्ने बताउँदै उनीहरुले आफुहरु सहकार्यको लागि जनश्रमदान गर्न तयार रहेको बताए ।
संवादमा बोल्दै लायन्सका पुर्व गर्भनर लिला ढुङ्गेलले भने ‘पहिला विमानस्थलले योजना दिनु प¥यो हामी सहकार्यको लागि तयार छौ, उनले थपे, ‘हामी व्यक्तिगत रुपमा पनि रकम उठाएर सार्बजनिक स्थललाई सुन्दरता प्रदान गर्न सक्छौँ ।’ विराटनगर बिमानस्थलको आन्तरिक व्यबस्थापनमा लगेज, यात्रु प्रतिक्षालय र सौचालयको व्यबस्थापन तत्काल हुनु पर्ने उनीहरुको भनाई छ ।
विमानस्थलको सुचनाबारे जानकारी दिनको लागि सुचना एप्स बनाउन डिजिकमको तर्फबाट निखिल बंशलले सहयोग गर्ने र बिग्रिएको डिस्प्ले बोर्डलाई मर्मत गरिदिने प्रतिबद्धता जनाएका छन् । उद्योग संगठन मोरङका अध्यक्ष तथा पुर्व गभर्नर भीम घिमिरेले विमानस्थललाई सुन्दरता दिनको लागि गुरुयोजना नबन्दासम्म बनेका संरचना भत्कीने भएकोले तत्काल त्यसको लागि योजना बन्नुपर्ने अनी मात्र सामाजिक क्षेत्रका ब्यक्ति सहकार्यको लागि तयार हुने बताए । यदी तत्काल बनाउन शुरु गर्ने हो भने फरक फरक क्लस्टर बनाएर सौन्दर्यकरण गरिनु पर्ने उनको भनाई छ ।
उद्योगी सुरेन्द्र गोल्छाले आर्टिटेकको रुपमा आफुहरुले सहयोग गर्न सक्ने बताए । बिराटनगर बिमानस्थललाई नमुना बिमानस्थलको रुपमा अगाडी बढाउनको लागि सरकारले चासो देखाउने हो भने पिपीपी मोडेलमा जान सकिने उनको भनाई छ ।
मोरङ ब्यापार संघका वरिष्ठ उपाध्यक्ष तथा रोटरीयन नविन रिजालले हाम्रो कल्चरलाई पनि सुधार गर्नु पर्नेमा अबस्था रहेकोमा जोड दिए । फोहोर मनपरी फाल्ने तर कसरी ब्यवस्थापन गर्ने भन्ने सोच पनि हुनु पर्ने उनको तर्क छ । अब बन्ने योजना १० बर्ष अघिको अबस्थामा जानु नहुने भएकोले नयाँ रुपमा अगाडी बढ्नु पर्ने उल्लेख गरे ।
नेपाल नागरिक उड्ययन प्राधिकरण बिराटनरका प्रमुख टेकनाथ सिटौलाले एप्रोन क्षेत्र, अगाडीको बगैँचा र यात्रु निस्कने बितिकैको अगाडीको भागमा समेत प्रदेशको चित्र झल्कने आकृति बनाउन सके बिमानस्थलको सैन्दर्यता झल्कीने बताए । यसको लागि बिभिन्न संघ संस्थाले ब्युटिफिकेशनमा काम गर्न सके त्यसको लागि पनि प्रांधिकरण सहकार्यको लागि तयार रहेको औल्याए ।
संवादको क्रममा विजयहरी शर्मा, पवन पारख, नबिन रिजाल रिशब दाहाल, कृष्णहरी पोखरेल, मिना जोशी लगायतको उपस्थिती रहेको थियो ।