
दार्चुला । नेपाल सरकारले व्यास गाउँपालिका–१, छाङरुबाट वडा २ दुम्लिङ जोड्ने घोरेटो बाटो पुननिर्माण गरी सञ्चालनमा ल्याउने निर्णय गरेपछि स्थानीय पूर्वाधार विभागको प्राविधिक टोलीले सर्भेको काम थालेको छ ।
बाटोको निर्माणका लागि स्थलगत अध्ययन तथा सर्भे गर्न स्थानीय पूर्वाधार विभागका सिनियर डिभिजनल इञ्जिनियर महेश्वर घिमिरेको नेतृत्वमा प्राविधिक टोली मंगलबार दार्चुला पुगेर कार्य क्षेत्रमा आइसकेको टोलीमा सहभागी इञ्जिनियर जनकराज पन्तले बताए ।