विवाह गरेको सात महिनामा बिनिता बरालले जन्माइन् छोरी, नाम काया

काठमाडौं । अमेरिकामै विवाह गरेकी नायिका बिनिता बरालले छोरीलाई जन्म दिएकी छिन् । बिनिताले आफ्नो आधिकारिक फेसबुक अकाउन्टमा छोरीको जन्मबारे जानकारी दिएकी हुन् ।

उनले बुधबार लेखेकी छिन्, ‘कसैकसैको हिजो आगमन भएको छ । उनको नाम हो काया । ’ यससँगै उनले तीनवटा फोटो पनि सेयर गरेकी छिन् बिनिताले विवाह गरेको केही समयभित्रै आफू गर्भवती भएको घोषणा गरेकी थिइन् । विनिताले गत मे २७ तारिखमा लामो समयदेखि प्रेम सम्बन्धमा रहेका तिलक पौडेलसँग विवाह गरेकी थिइन् ।

Back to top button